नेप्से इन्ट्राडे अपडेट: लगभग १२ अङ्कको गिरावट!
आज नेप्से बजार केही अङ्कले घटेको छ।
सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म १९६० को नजिक आएको छ। १२.७४ अङ्कले घटेर नेप्से परिसूचक १९६०.६३ मा आएको हो । आज २ घण्टामा लगभग ४४ करोडको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा बढी हो।
यस्तै, आजको टप गेनर कुमारी इकुइटी फन्ड ३.९७% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा राप्ती हाइड्रो एण्ड जेनेरल कन्स्ट्रक्सन कम्पनी रहेको छ जसले ६.२४% गुमाएको छ ।
Comments