चीनमा ठूलो बैंकिङ घोटाला, बैंक बाहिर सैनिक तैनाथ !

केही दिन अघि, चीनमा ऐतिहासिक बैंक घोटालाको पर्दाफास भएको छ। यो घोटाला प्रकरणको अनुसन्धानका क्रममा सयौँ व्यक्तिलाई पक्राउ पनि गरिएको चिनियाँ सन्चार माध्यमले जनाएका छन्।

ब्लुमबर्गको पछिल्लो रिपोर्टअनुसार गत २९ अगस्टमा सेन्ट्रल चाइना अथोरिटिजले ५८० करोड डलर (करिब ७ खर्ब ३९ अर्ब रुपैयाँ) को बैंकिङ ठगीको मामिलामा ठूलो कारबाही गरेको हो। अहिलेसम्म हेनान प्रान्तको सुचाङ सहरबाट यस घोटालामा संलग्न २३४ जना पक्राउ परेका छन्।सरकारी अधिकारीका अनुसार यो घोटाला प्रकरणमा अझै धेरै व्यक्तिको संलग्न हुने सम्भावना रहेको छ। 

रिपोर्टका अनुसार स्थानीय ग्रामीण बैंकमा निक्षेपमा बढी ब्याज दिने प्रलोभन दिएर लाखौँ जनतालाई ठग्ने काम भएको देखिएको छ। सुचाङ नगर सरकारले लु यिवेई नामका मुख्य योजनाकारले आफ्ना सहयोगीसँग मिलेर यसअघि हेनानका चारवटा बैंक अवैध रुपमा कन्ट्रोल गरेका थिए। त्यसपछि, आरोपितले निक्षेपकर्तालाई प्रतिवर्ष १३ देखि १८ प्रतिशतसम्म ब्याज दिने प्रलोभनमा ठगी गरेका थिए। 

रिपोर्टका अनुसार आरोपितको आन्हुई प्रान्तमा युझाउ सिनमिन्सेङ भिजेल बैंक थियो। यी बैंकहरुमा हजारौँको खाता छ। चिनियाँ सन्चार माध्यम अनुसार गत जुलाई १० मा हजारौँ निक्षेपकर्ता आफ्नो पैसा फिर्ता लिन पिपुल्स बैंक अफ चाइनाको झेग्झोङ शाखा बाहिर पुगेका थिए। यो भीड नियन्त्रण गर्न बैंकबाहिर सैनिक तैनाथ गरिएको थियो। 

स्रोत: एजेन्सी

Comments

Back to top