सिक्लेस हाइड्रोपावरको आईपीओ बाँडफाँट
सिक्लेस हाइड्रोपावर लिमिटेडले भदौ १५ गते आईपीओ बाँडफाँट गरेको हो। कम्पनीले साउन ६ गतेदेखि भदौ ५ गतेसम्म आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेको हो।
कम्पनीले आफ्नो जारी पूँजी ८५ करोड रुपैयाँको १० प्रतिशतले हुन आउने प्रतिसेयर १०० अंकित मूल्यका ६ लाख १२ हजार ७९३ कित्ता साधारण सेयर निष्काशन गरेको थियो। कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात कास्की जिल्लाको प्रभावित क्षेत्र मादी गाउँपालिका वडा नं. १, २ र ३ का स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको हो।
आंशिक रुपमा बाँडफाँटमा परेको वा बाँडफाँटमा नपरेको सेयर बापतको रकम आगामी सोमबारदेखि आवेदकको बैंक तथा वित्तीय संस्थाको खातामा रकमान्तर गरिने कम्पनीले जनाएको छ।
Comments