डोल्टी पावर कम्पनीले आइपीओ निष्काशन गर्ने
डोल्टी पावर कम्पनीले आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले भदौ १३ गते १६ करोड ९ लाख ४५ हजार ८ सय रुपैयाँ बराबरको १६ लाख ९ हजार ४५८ कित्ता आईपीओ निष्कासन गर्नका लागि बोर्डमा निवेदन दिएको थियो ।
सेयर निष्कासन तथा विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । सेबोनबाट आईपीओ निष्कासन गर्न स्वीकृति पाएपछि कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दाका लागि सेयर निष्कासन गर्नेछ भने त्यसपछि दोस्रो चरणमा सर्वसाधारणको लागि निष्कासन गर्नेछ ।
Comments