श्रृजनशीलको आइपिओमा मागभन्दा करिव १३ गुणा बढी आवेदन

श्रृजनशील लघुवित्त वित्तीय संस्थाले जारी गरेको आइपिओमा मागभन्दा १२.९८ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार बुधबार साँझ ५ बजेसम्ममा ४ लाख २६ हजार ९९२ जना आवेदनबाट ४७ करोड ८४ लाख ८ हजार रुपैयाँ बराबरको ४७ लाख ८४ करोड ८० कित्ता सेयरको लागि आवेदन परेको हो ।

लघुवित्तले जारी पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँको ३६ प्रतिशतले हुन आउने ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता सेयर निष्काशनमा ल्याएको छ । जसमध्ये ०.५ प्रतिशत आर्थत ५ हजार ४७० कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात १९ हजार ६९० कित्ता सेयर सामुहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहने ३ लाख ६८ हजार ५९० कित्ता सर्वसाधारणलाई निष्काशन गरेको छ ।

Comments

Back to top