राधी विद्युतले असोज ५ गतेबाट हकप्रद सेयर बिक्री खुला गर्दै

राधी विद्युत कम्पनी लिमिटेडले असोज ५ गतेदेखि :१.४७५२ को अनुपातमा हकप्रद सेयर निष्काशन तथा बिकी खुला गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका ९५ करोड ३५ लाख ७६ हजार ९९ रुपैयाँ बराबरको ९५ लाख ३५ हजार ७६०.९९ कित्ता हकप्रद जारी गर्न लागेको हो ।

हकप्रद निष्काशनका लागि कम्पनीले भदौ १२ गते बुकक्लोज गरेको थियो । अर्थात भदौ ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम यस कम्पनीका सेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन्।

कम्पनीको हकप्रद सेयरको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। हकप्रदमा मुक्तिनाथ क्यापिटल र मुक्तिनाथ विकास बैंकको विभिन्न शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। साथै मेरोसेयर सफ्टवेयर मार्फत असोज २५ गतेसम्म आवेदन दिन पाउनेछन् ।

Comments

Back to top