इलेट वेभ मार्ग पछ्याउँदै नेप्से, इभिनिंग स्टार क्यान्डल बनेसँगै अबको सपोर्ट कहाँ ?

ग्राफ,प्याटर्न र संकेतहरुको प्रयोग मार्फत सेयर बजारको मनोविज्ञान बुझ्ने कार्य प्राविधिक विश्लेषण हो प्राविधिक विश्लेषणले बजारको आगामी दिशा अनुमान लगाउन सकिन्छ l

आजको प्राविधिक विश्लेषण यस प्रकार छ:

क्यान्डलस्टिक प्याटर्न :

 

 

 

 

नेप्से आज इभिनिंग स्टार क्यान्डलस्टिक प्याटर्न बनाउदै १९७३.३८  बिन्दुमा बन्द भएको छ , जसको अर्थ बजारमा  लगानीकर्ता प्यानिक हुँदै गएको अनुमान लगाउन सकिन्छ l यो प्याटर्नले डाउनट्रेन्डको निरन्तरताको संकेत गर्ने गर्दछ l 

सपोर्ट र रेसिस्टेन्स :

 

 घट्दो बजारको पहिलो सपोर्ट १९१५ बिन्दुमा छ l अर्कोतर्फ यो बिन्दु आसपास केही दिन बजार अडिएर पुन: खस्दछ भने चाही दोस्रो सपोर्ट १८०० आसपास रहेको आँकलन गर्न सकिन्छ l 

बोलिंजर ब्याण्ड :

 

बोलिंजर ब्याण्डबाट नेप्से चार्टलाई हेर्दाखेरी लोवर ब्याण्ड नजिक आएर इभिनिंग स्टार क्यान्डल बनेको देख्न सकिन्छ  l जसको अर्थ लोवर ब्याण्डलाई समाउदै बजार कही समयको लागि डाउनट्रेन्ड नै जान सक्ने कुराको  अनुमान लगाउन सकिन्छ l 

आर.एस.आई

  

 

आर.एस.आई  घटेर ३५  बिन्दु आसपास आएको छ  l  यसको अर्थ बजारमा बिक्री चाप बढेकाले खरिद बलमा ह्रास आएको बुझ्न सकिन्छ l यो इन्डिकेटरबाट बजारलाई हेर्दाखेरी पहिलो सपोर्ट २३ को आसपासमा लिन सक्ने अनुमान लगाउन सकिन्छ l  

एम.ए .सी.डी 

 

यो इन्डिकेटरबाट आजको बजार विश्लेषण गर्दा हिस्टोग्राम लगातार बढ्दै गएको देख्न सकिन्छ जुन आफैमा नकारात्मक कुरा हो l यसले पनि बजारमा बिक्रीकर्ता हावी हुँदै गएकोले प्यानिक बिक्री आएको कुरा बुझ्न सकिन्छ l तसर्थ यो इन्केडिकेटरले पनि केही समय बजारमा गिरावट कायम नै  हुन सक्ने  संकेत गर्दछ l 

 

डी.एम .आई

 

 

डी. एम. आई इन्डिकेटरबाट बजारलाई हेर्दाखेरी वियरिस क्रस ओभर देखिएको छ,  जुन आफैंमा नकारात्मक कुरा हो l त्यसैगरी, ए.डी. एक्स लाईन पनि निरन्तर साइडवेज गएको हुँदा केही  समय लगाएर निकट भविष्यमा बुलिस मोमेन्टम आउन सक्ने आँकलन भने गर्न सकिने छ   l 

 

निस्कर्ष :


 

नेप्सेको  पहिलो सपोर्ट १९१५ बिन्दु आसपास देखिएको छ l  सबै इन्डिकेटरहरुले नकारात्मक  संदेश नै दिएको छ l अत: इलेट सिद्धान्तबाट हेर्दा खेरी पनि अबको नजिकैको सपोर्ट १९१५ आसपास देखिएको छ, जहाँ तेस्रो वेभ अन्त्य भएर चौथो वेभ केही अंक माथि  जाने र अन्तिम  'पाँचौ  वेभ'  भने १८५० बिन्दु आसपासमा आएर बटम लागाउन सक्ने आधार बलियो हुँदै गएको प्रक्षेपण गर्न सकिन्छ l   

पुनश्च : सेयर बजार जोखिमको क्षेत्र हो l माथि प्रस्तुत गरिएको प्राविधिक रिपोर्ट आर्थिक सचेतनाको लागी मात्र भएकाले आफ्नो लगानीलाई जोखिमभार व्यहोर्न  सक्नेगरी व्यवस्थापन गर्नुहोला l धन्यवाद !

 

 

Comments

Back to top