नेप्सेमा करिब २२ अङ्कको गिरावट, १६८ कम्पनी लागे ओरालो !

आज बुधबार २१.९७ अङ्कले घटेर १.१०% गिरावटको साथ नेप्से परिसूचक १९७३.३८ अंकमा बन्द भएको छ। कारोबार भएका २२४ कम्पनीमध्ये १५ कम्पनी उकालो लागेको छन्, १६८ कम्पनी ओरालो लागेका छन् भने ४ कम्पनी स्थिर रहेका छन्।

कारोबार भएका सबै १३ उप-समुहहरुको सेयर मूल्य ओरालो लागेका छन्।

 

प्रमुख कारोबार

आज नेप्से बजारमा टप गेनर आरबीबी म्युचल फन्ड रहेको छ जसको १.९७% मूल्य बढेर कारोबार भएको छ । सबभन्दा धेरै गुमाउनेमा हिमालयन पावर पार्टनर रहेको छ जसको सेयर मूल्य ६.८६ % ले घटेको छ । सबैभन्दा धेरै टर्नओभर नेपाल टेलिकमको र धेरै भोलुममा कारोबार हिमाल दोलखा हाइड्रोपावरको भएको छ ।

Comments

Back to top