नेप्से इन्ट्राडे अपडेट: लगभग १२ अङ्कको गिरावट!
आज नेप्से बजार केही अङ्कले घटेको छ।
सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म १९८० को नजिक आएको छ। १२.२८ अङ्कले घटेर नेप्से परिसूचक १९८३.०७ मा आएको हो । आज २ घण्टामा लगभग ३५ करोडको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा कम हो।
यस्तै, आज राप्ती हाइड्रो एण्ड जेनेरल कन्स्ट्रक्सन कम्पनीको २.८५% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा सिभिल लघुवित्त रहेको छ जसले ५.८५% गुमाएको छ ।
Comments