अस्ट्रेलिया पनि आर्थिक मन्दीतर्फ जाने सङ्केत !

अस्ट्रेलियामा पनि आर्थिक मन्दीतर्फ जाने संकेत देखिन थालेको छ । 

अस्ट्रेलियाको रियल स्टेट बजार खस्किरहेको छ। आम्दानी अनुपातमा कर्जाको १८७.२ प्रतिशत वृद्धिले आर्थिक जोखिम झन बढेको हो। 

सन् १९९१ को ठूलो मन्दीपछि पहिलोपटक अस्ट्रेलियामा यस्तो समस्या देखिएको हो। विज्ञहरुको अनुसार यसको मुख्य कारण ब्याजदर वृद्धि, आम्दानीभन्दा कर्जाको दर बढी हुनु र अत्याधिक महँगी हो। 

सिड्नीको रियल स्टेट बजारमा सबैभन्दा बढी प्रभाव परेको छ। सिड्नीमा पछिल्लो तीन महिनाभित्र घरको मूल्य ५ प्रतिशतले घटेको छ। जब कि राष्ट्रियस्तरमा यसको गिरावट २ प्रतिशत छ। 

एस एन्ड पी ग्लोबल रेटिङका इकोनोमिस्ट लुइस कुइजका अनुसार, ‘अस्ट्रेलिया संसारको सबैभन्दा खुला बजार हो। त्यहाँ जीडीपीको हिस्साका रुपमा घरेलु ऋणको अंश धेरै उच्च छ।’ 

अस्ट्रेलियाको केन्द्रीय बैंकले दुई साताभित्र दोस्रोपटक ब्याजदर बढाएकोले यो गिरावट आगामी महिनामा पनि जारी रहने सम्भावना देखिएको विज्ञहरु बताउँछन्।


स्रोत: एजेन्सी

Comments

Back to top