नेप्सेमा सानिमा बैंकको ऋणपत्र सूचीकृत
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सानिमा बैंकको ऋणपत्र कारोबारको लागि सूचीकृत भएको छ ।
सानिमा बैंकको ‘१०.२५ सानिमा डिवेन्चर २०८९’ नामक ५० लाख कित्ता ऋणपत्र सूचीकृत भएको हो । यसको कारोबार आज बुधबारबाट खुला हुनेछ । १० वर्ष अवधि रहेको यस डिवेन्चरले १०.२५ प्रतिशत व्याजदर प्रदान गर्नेछ ।
Comments