राप्ती हाइड्रोको आइपीओ नेप्सेमा सुचिकृत, ओपनिङ्ग रेञ्ज कति ?
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्ररक्सन लिमिटेडको आइपिओ कारोबारको लागि सूचीकृत भएको छ । कम्पनीको ६१ लाख २७ हजार ९३८ कित्ता साधारण सेयर सूचीकृत भएको हो ।
नेप्सेले पहिलो कारोबारका लागि १०६.३५ देखि ३१९.०५ रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज तोकेको छ । बुधबार यहि मूल्य भित्र रहेर पहिलो कारोबार खुला हुनेछ । कारोबार संकेत आरएचजीसीएल (RHGCL) रहेको छ ।
Comments