श्रृजनशील लघुवित्तको आईपीओमा आजबाट आवेदन खुला

श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको आज बुधबार (भदौ १५) गतेबाट सर्वसाधारणका लागि आईपीओ बिक्री खुला भएको छ। यसमा कार्यालयन समयबाट आवेदन दिन सकिनेछ ।  संस्थाले जारी पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँको ३६ प्रतिशत अर्थात् प्रतिसेयर १०० रुपैयाँ अंकित दरका ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ जारी गर्न लागेको हो ।

जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात ५ हजार ४७० कित्ता कर्मचारीहरुका लागि र निष्काशन गर्न लागेको सेयरको ५ प्रतिशत अर्थात १९ हजार ६९० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ। सर्वसाधारणले बाँकी ३ लाख ६८ हजार ५९० कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्।

सो आइपीओमा भदौ १९ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ । इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन्।

Comments

Back to top