डोजी क्यान्डल बनेसँगै हिजोको बुलिस ह्यामर इन्भ्यालिड भएको हो त ?

ग्राफ,प्याटर्न र संकेतहरुको प्रयोग मार्फत सेयर बजारको मनोविज्ञान बुझ्ने कार्य प्राविधिक विश्लेषण हो प्राविधिक विश्लेषणले बजारको आगामी दिशा अनुमान लगाउन सकिन्छ l

आजको प्राविधिक विश्लेषण यस प्रकार छ:

क्यान्डलस्टिक प्याटर्न :

 

 

 

 

नेप्सेले आज डोजी क्यान्डल बनाउदै १९९५.२१ बिन्दुमा बन्द भएको छ , जसको अर्थ बजारमा  लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेको संकेत गर्दछl 

सपोर्ट र रेसिस्टेन्स :

 

बजार बढेमा नजिकैको रेसिस्टेन्स २०९० आसपासमा छ भने घटेमा पहिलो सपोर्ट १९१५  बिन्दुमा छ  l केही दिन देखि लगातार खसेको बजारमा आज भने केही कमी आएको देख्न सकिन्छ l 

बोलिंजर ब्याण्ड :

 

बोलिंजर ब्याण्डबाट नेप्से चार्टलाई हेर्दाखेरी लोवर ब्याण्ड नजिक आएर सोपोर्ट लिँदै बुलिस ह्यामर क्यान्डल बनाएको थियो l जसले केही सकारात्मक आशा भने जगाएको कुरा बुझ्न सकिन्थियो l तथापी आज बनेको अनिर्णित डोजी क्यान्डलले त्यो  सम्भावनालाई कम गरेको छ l  

आर.एस.आई

  

 

आर.एस.आई  घटेर ३७ बिन्दु आसपास आएको छ  l  यसको अर्थ बजारमा बिक्री चाप बढेकाले खरिद बलमा ह्रास आएको बुझ्न सकिन्छ l यो इन्डिकेटरबाट बजारलाई हेर्दाखेरी पहिलो सपोर्ट २३ को आसपासमा लिन सक्ने अनुमान लगाउन सकिन्छ l यद्यपि,आज आर .एस. आई केही मोडिएको हुँदा भोलीको दिन निर्णायक हुन सक्ने अनुमान लगाउन सकिन्छ l 

एम.ए .सी.डी 

 

यो इन्डिकेटर प्रयोग गरी बजार विश्लेषण गर्दाखेरी वियरिस हिस्टोग्राम लगातार बढ्दै गएकोमा आज केही फिक्का रातो भएको  देख्न सकिन्छ , जसले बजारमा बिक्री चाप  बढेकोले केही  सजक हुनुपर्ने संकेत गर्दछ l त्यसैगरी एम.ए.सी.डी लाईन जीरो लाइनभन्दा तल आएकोले थप नयाँ इन्ट्रीको लागि  सावधान नै गराउँदछ l 

 

डी.एम .आई

 

 

डी. एम. आई इन्डिकेटरबाट बजारलाई हेर्दाखेरी वियरिस क्रस ओभर देखिएको छ,  जुन आफैंमा नकारात्मक कुरा हो l त्यसैगरी, ए.डी. एक्स लाईन पनि निरन्तर घटेको हुँदा केही समय लगाएर निकट भविष्यमा बुलिस मोमेन्टम आउन सक्ने आँकलन गर्न भने सकिन्छ  l 

 

निस्कर्ष :


 

नेप्सेको  पहिलो सपोर्ट १९१५ बिन्दु आसपास देखिएको छ l  सबै इन्डिकेटरहरुले नकारात्मक  संदेश नै दिएको छ l अत: इलेट सिद्धान्तबाट हेर्दा खेरी पनि अबको नजिकैको सपोर्ट १९१५ आसपास देखिएको छ जहाँ तेस्रो वेभ अन्त्य भएर चौथो वेभ केही अंक माथी जाने र फाइनल 'फिप्त वेभ'  भने १८५० बिन्दु आसपासमा बटम लागाउन सक्ने आधार बलियो हुँदै गएको देख्न सकिन्छ l   

पुनश्च : सेयर बजार जोखिमको क्षेत्र हो l माथि प्रस्तुत गरिएको प्राविधिक रिपोर्ट आर्थिक सचेतनाको लागी मात्र भएकाले आफ्नो लगानीलाई जोखिमभार व्यहोर्न  सक्नेगरी व्यवस्थापन गर्नुहोला l धन्यवाद !

Comments

Back to top