नेप्सेमा करिब साढे दुई अङ्कको वृद्धि, १०५ कम्पनी लागे ओरालो !

आज मंगलबार २.३३ अङ्कले बढेर ०.१२% वृद्धिको साथ नेप्से परिसूचक १९९५.३४ अंकमा बन्द भएको छ। कारोबार भएका २२६ कम्पनीमध्ये ७४ कम्पनी उकालो लागेको छन्, १०५ कम्पनी ओरालो लागेका छन् भने ७ कम्पनी स्थिर रहेका छन्।

 

कारोबार भएको ६ उप-समुहबाहेक बाँकी ७ उप-समुहहरुको सेयर मूल्य उकालो लागेका छन्।

 

प्रमुख कारोबार

 

आज नेप्से बजारमा टप गेनर अपर हेवाखोला हाइड्रो रहेको छ जसको ८.४५% मूल्य बढेर कारोबार भएको छ । सबभन्दा धेरै गुमाउनेमा वियन नेपाल लघुवित्त  रहेको छ जसको सेयर मूल्य ४.७७ % ले घटेको छ । सबैभन्दा धेरै टर्नओभर नेपाल टेलिकमको र धेरै भोलुममा कारोबार प्रभु सेलेक्ट फन्डको भएको छ ।

Comments

Back to top