गौतम अडानी बने विश्वकै तेस्रो धनी व्यक्ति !

गौतम अडानी भारतका साथै एसियाका सबैभन्दा धनी व्यक्ति हुन्। अहिले गौतम अडानीले नयाँ कीर्तिमान बनाएका छन्। 

ब्लुमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार गौतम अडानी अहिले विश्वको तेस्रो धनी व्यक्ति बनेका हुन्। 

यस इन्डेक्सका अनुसार अडानीले लुइस भिटनका सीईओ र अध्यक्ष बर्नार्ड अर्नाल्टलाई पछि पारेका छन्। इन्डेक्सका अनुसार हाल अडानीको कुल सम्पत्ति १३७.४ बिलियन डलर पुगेको छ।

अडानी अब टेस्लाका सीईओ एलोन मस्क र अमेजनका संस्थापक जेफ बेजोसको मात्र पछि छन्। मस्कको कुल सम्पत्ति हाल २५१ अर्ब डलर छ। जब कि बेजोसको हाल १५३ अर्ब डलरको कुल सम्पत्ति छ।

हालैका दिनहरुमा अडानीको नेटवर्थ द्रुत गतिमा बढिरहेको छ। ब्लुमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार पछिल्लो २४ घन्टामा बढेको धनी व्यक्तिको सूचीमा अडानी एकमात्र व्यक्ति हुन्। यस अवधिमा अडानीको कुल सम्पत्ति १.२ बिलियन डलरले बढेको छ। अडानीको सम्पत्ति जनवरीदेखि ६०.९ बिलियन डलरले बढिसकेको छ।

Comments

Back to top