श्रृजनशील लघुवित्तले बुधबारदेखि आईपीओ बिक्री खुला गर्दै

श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले बुधबार (भदौ १५) गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। संस्थाले जारी पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँको ३६ प्रतिशत अर्थात् प्रतिसेयर १०० रुपैयाँ अंकित दरका ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ जारी गर्न लागेको हो।

जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात ५ हजार ४७० कित्ता कर्मचारीहरुका लागि र निष्काशन गर्न लागेको सेयरको ५ प्रतिशत अर्थात १९ हजार ६९० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ। सर्वसाधारणले बाँकी ३ लाख ६८ हजार ५९० कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्।

सो आइपीओमा भदौ १९ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ । इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन्।

Comments

Back to top