हिमालयन एभरेष्ट इन्स्योरेन्सको संस्थापक सेयरको पहिलो कारोबारका लागि ओपनिङ्ग रेन्ज तोकियो

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले हिमालयन एभरेष्ट इन्स्योरेन्सको संस्थापक सेयरको पहिलो कारोबारको लागि ओपनिङ्ग रेन्ज तोकिएको छ ।

नेप्सेले साविकको हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स मर्जर पश्चात कायम हुन आएको संस्थापक सेयरको पहिलो कारोबारको लागि प्रति कित्ता न्यूनतम २१० रुपैयाँ तोकिएको हो । त्यस अनुसार कम्पनीको संस्थापक सेयर दोस्रो बजारमा कारोबार हुनेछ ।

दुवै कम्पनी एक आपसमा मर्ज भएर साउन १ गतेबाट एकीकृत कारोबार थालेका थिए ।  

Comments

Back to top