नेप्सेमा करिब ४ अङ्कको वृद्धि, १११ कम्पनी लागे उकालो !
आज सोमबार ३.७६ अङ्कले बढेर ०.१९% वृद्धिको साथ नेप्से परिसूचक १९९३.०२ अंकमा बन्द भएको छ। कारोबार भएका २२२ कम्पनीमध्ये १११ कम्पनी उकालो लागेको छन्, ७२ कम्पनी ओरालो लागेका छन् भने ४ कम्पनी स्थिर रहेका छन्।
कारोबार भएको ४ उप-समुहबाहेक बाँकी ९ उप-समुहहरुको सेयर मूल्य उकालो लागेका छन्।
प्रमुख कारोबार
आज नेप्से बजारमा टप गेनर वियन नेपाल लघुवित्त रहेको छ जसको ७.४८% मूल्य बढेर कारोबार भएको छ । सबभन्दा धेरै गुमाउनेमा रुरु जलविद्युत परियोजना रहेको छ जसको सेयर मूल्य ५.७० % ले घटेको छ । सबैभन्दा धेरै टर्नओभर नेपाल टेलिकमको र धेरै भोलुममा कारोबार हिमाल दोलखा हाइड्रो पावर कम्पनीको भएको छ ।
Comments