अमेरिकी बजार मन्दीतर्फ, एसियाली बजारमा समेत प्रभाव !

अमेरिकी अर्थतन्त्रमा मन्दीको संकेत देखिएसँगै एसियाली स्टक बजारमा पनि प्रभाव देखिएको छ। 

आज सोमबारको कारोबारमा एसियाली स्टक बजारमा गिरावट आएको छ।अहिलेसम्म जापानको इन्डेक्स निक्केईमा २.६६ प्रतिशतको भारी गिरावट भईरहेको छ। साथै, हङकङको ह्याङसेङमा ०.७६ प्रतिशत र चीनको सांघाई कम्पोजिटमा ०.१४ प्रतिशतले गिरावट आएको छ। 

यसको प्रभाव आज भारतीय सेयर बजारमा पनि देखिएको छ। कारोबार सुरु हुनुअघि नै सेन्सेक्स प्रि–ओपन सेसनमा करिब १५०० अंकले घटेको छ।अहिलेसम्म प्रि–ओपन सेसन खुलेपछि बीएसई सेन्सेक्स र एनएसई निफ्टीमा क्रमश: १.३६% र १.३३% को गिरावट आएको हो।

आर्थिक मन्दीपछि पनि अमेरिकामा ब्याजदर बढेको देखिए पछि विश्वभरका स्टक बजारमा भारी गिरावट आएको हो।हिजो डाउ जोन्स इन्डस्ट्रियल एवरेज ३.०३ प्रतिशतको ठूलो गिरावटको साथ बन्द भएको थियो। यस्तै, नास्डक कम्पोजिटमा ३.९४ प्रतिशत र एस एन्ड पी ५०० मा ३.३७ प्रतिशतको गिरावट आएको थियो ।

Comments

Back to top