नेपाल पुनर्बिमा कम्पनीको साधारणसभा भदौ ३० गते
नेपाल पुनर्बीमा कम्पनीले ३० भदौमा सातौं वार्षिक साधारणसभा बोलाएको छ ।
सभामा आर्थिक वर्ष २०७७–७८ को नाफाबाट लगानीकर्तालाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित गरेर ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश हुनेछ ।
सभा प्रयोजनार्थ कम्पनीले १९ भदौमा बुक क्लोज गर्दैछ । १८ भदौसम्म कायम सेयरधनीले सभामा भाग लिन सक्नेछन् ।
कम्पनीको नियमावली संशोधन गर्नुपरेमा त्यसको अख्तियारी सञ्चालक समितिलाई दिने एजेन्डा पनि छ ।
सभामा आर्थिक वर्ष २०७७–७८ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७८–७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ ।
Comments