एचआईडिसिएलको संस्थापक सेयर पूनः लिलामीमा, यस पटक बिक्ला ?
हाइड्रोइलेक्ट्रोसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले अवितरित हकप्रद सेयरको लिलामी पुनः खोलेको छ । कम्पनीले संस्थापक समूह अन्तर्गत बिक्री नभएको २ करोड ३२ लाख ४ हजार ४९५ कित्ता संस्थापक सेयर पूनः लिलामीमा ल्याएको हो ।
लगानीकर्ताले भदौ २० गतेदेखि असोज ४ गते कार्यालय समयभित्र शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने छ । उक्त सेयरको न्यूनतम मूल्य प्रतिसेयर १०० रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम एक सय कित्ताका देखि अधिकतममा सम्पूर्ण सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
लिलामी सेयरमा ग्लोबल आइएमई क्यापिटलको कार्यालय, नक्साल, काठमाडौं, ग्लोबल आइएमई बैंकका शाखा कार्यालयहरू विर्तामोड, हनुमानदास रोड विराटनगर, जनकपुर, आदर्शनगर विरगञ्ज, हेटौडा, नारायणगढ, न्यूरोड पोखरा, बुटवल-मिलनचोक, बाग्लुङ्ग, नेपालगञ्ज-त्रिभुवन चोक, सुर्खेत, घोराही दाङ, धनगढी र महेन्द्रनगर शाखा बाट आवेदन दिन सकिनेछ ।
Comments