शिवश्री हाइड्रोपावर ३६ करोड ३६ लाख रुपैयाँ घाटामा,विद्युत विक्रीबाट हुने आम्दानी भने बढ्यो

शिवश्री हाइड्रोपावर आर्थिक वर्ष २०७८–७९ को चौथो त्रैमाससम्म आइपुग्दा ३६ करोड ३६ लाख ७९ हजार रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यो १ करोड ८४ लाख रुपैयाँ नाफामा रहेको थियो । विद्युत् बिक्रीबाट हुने आम्दानी बढेपनि वित्त खर्च समेत बढ्नाले यसको नाफामा चाप परेको देखिएको छ । यसको वित्त खर्च ३५ करोड ९९ लाख रुपैयाँ पुगेको हो ।  असार मसान्तसम्ममा कम्पनीले बिद्युत बिक्रीबाट २४ करोड ८६ लाख ९२ हजार रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा संस्थाको यस्तो आम्दानी ४ करोड ८ लाख २७ हजार रुपैयाँ रहेको थियो ।

हाइड्रो पावर कम्पनीको चुक्ता पुँजी १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँ रहेको छ। जगेडा कोष ३४ करोड ५२ लाख रुपैयाँले ऋणात्मक छ । यसको प्रतिसेयर आम्दानी पनि २४.६३ रुपैयाँ ऋणात्मक रहेको छ । भने प्रतिसेयर नेटवर्थ ७६ रुपैयाँ ६१ पैसा रहेको छ ।

Comments

Back to top