अरुण काबेलीले हकप्रद निष्काशन गर्न विद्युत नियमन आयोगबाट पायो अनुमति
अरुण काबेली पावर लिमिटेडले शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्न विद्युत नियमन आयोगबाट अनुमति पाएको छ । विद्युत नियमन आयोगले भदौ १० गते, शुक्रबार कम्पनीलाई हकप्रद जारी गर्न पूर्व स्वीकृति प्रदान गरेको हो ।
अब कम्पनीले चुक्ता पूँजीको १०० प्रतिशत हकप्रद सेयर निष्कासनको लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिनेछ । कम्पनीले बोर्डमा निवेदन दिई स्वीकृती पाएपश्चात हकप्रद सेयर निष्कासन गर्नेछ ।
Comments