नारायणी डेभलपमेन्ट बैंकले फेरि शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने

नारायणी डेभलपमेन्ट बैंकले फेरि शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । बैंकले नेपाल धितोपत्र बोर्डमा भदौ ९ गते हकप्रद निष्कासनको अनुमति माग्दै निवेदन दिएको हो।

सेबोनबाट अनुमति प्राप्त भए १:१ अर्थात् १०० अंकित दरका कुल २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । यसको धितोपत्र बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ। नारायणी डेभलपमेन्ट बैंकले यसअघि पनि दुईपटक १:१ अनुपातमा हकप्रद सेयर बिक्री गरिसकेको छ।

यस बैंकको अधिकृत पुँजी रु ५३ करोड र जारी पुँजी रु. २६ करोड २४ लाख ६७ हजार ६ सय रहेको छ । हाल यस डेभलपमेन्ट बैंकका ५ वटा शाखा कार्यालयहरु सञ्चालनमा रहेका छन् ।

Comments

Back to top