इलेटबाट हेर्दाखेरी खस्दो बजारको सपोर्ट कहाँ ?
ग्राफ,प्याटर्न र संकेतहरुको प्रयोग मार्फत सेयर बजारको मनोविज्ञान बुझ्ने कार्य प्राविधिक विश्लेषण हो l प्राविधिक विश्लेषणले बजारको आगामी दिशा अनुमान लगाउन सकिन्छ l
आजको प्राविधिक विश्लेषण यस प्रकार छ:
क्यान्डलस्टिक प्याटर्न :
नेप्सेले आज वियरिस इन्गल्फिंग प्याटर्न बनाउदै १९८९.२६ बिन्दुमा बन्द भएको छ , जसको अर्थ बजार पुर्णरुपमा बिक्रीकर्ताको नियन्त्रणमा रहेको बुझ्न सकिन्छ l तसर्थ अबको सपोर्ट १९१५ बिन्दु आसपासमा देखिएको छ l
सपोर्ट र रेसिस्टेन्स :
बजार बढेमा नजिकैको रेसिस्टेन्स २०९० आसपासमा छ भने घटेमा पहिलो सपोर्ट १९१५ बिन्दुमा छ l आजको बजार विश्लेषण गर्दा अत्यन्त बिक्री चाप आएकोले १९१५ तिर गएर मात्र सपोर्ट लिन सक्ने अनुमान लगाउन सकिन्छ l
बोलिंजर ब्याण्ड :
बोलिंजर ब्याण्डबाट नेप्से चार्टलाई हेर्दाखेरी अपर ब्याण्ड निरन्तर तल तिर झुकिरहेको हुँदा लगातार बनेको बियरिस क्यान्डलले लोवर ब्याण्डलाई केही तल खसाउन सक्ने अनुमान लगाउन सकिन्छ l त्यसकारण बिलिंजर ब्याण्डबाट पनि बजारले १९१५ बिन्दु आसपासमा सपोर्ट लिन सक्नेने आधार बलियो हुँदै गएको देख्न सकिन्छ l
आर.एस.आई
आर.एस.आई घटेर ३७ बिन्दु आसपास आएको छ l यसको अर्थ बजारमा बिक्री चाप बढेकाले खरिद बलमा ह्रास आएको बुझ्न सकिन्छ l यो इन्डिकेटरबाट बजारलाई हेर्दाखेरी पहिलो सपोर्ट २३ को आसपासमा लिन सक्ने अनुमान लगाउन सकिन्छ l
एम.ए .सी.डी
यो इन्डिकेटरबाट बजारलाई हेर्दा एम.ए.सी.डी लाइनले सिग्नल लाईनलाई माथिबाट काटेर वियरिस क्रस ओभर बनाएको देख्न सकिन्छ l लगातार हिस्टोग्राम बढ़नेक्रममा आज फेरी बढेको छ जुन आफैमा नेगेटिभ संकेत हो l बजारमा प्यानिक सेल आएकोले भोलीको दिनमा पनि बिक्री चाप नै आउन सक्ने कुरा एम.ए .सी.डी इन्डिकेटरबाट आँकलन गर्न सकिन्छ l
डी.एम .आई
डी. एम. आई इन्डिकेटरबाट बजारलाई हेर्दाखेरी वियरिस क्रस ओभर देखिको छ जुन आफैंमा नकारात्मक कुरा हो l त्यसैगरी ए.डी. एक्स लाईन पनि निरन्तर घटेको हुँदा केही समय लगाएर निकट भविष्यमा बुलिस मोमेन्टम आउन सक्ने आँकलन गर्न भने सकिने छ l
निस्कर्ष :
नेप्सेको पहिलो सपोर्ट १९१५ बिन्दु आसपास देखिएको छ l सबै इन्डिकेटरहरुले नकारात्मक संदेश नै दिएको छ l अत: इलेटबाट हेर्दा खेरी पनि अबको नजिकैको सपोर्ट १९१५ आसपास देखिएको छ जाहा तेस्रो वेभ अन्त्य भएर चौथो वेभ केही अंक माथी जाने र फाइनल फिप्त वेभ भने १८५० बिन्दु आसपासमा बटम लागाउन सक्ने आधार बलियो हुँदै गएको देख्न सकिन्छ l
पुनश्च : सेयर बजार जोखिमको क्षेत्र हो l माथि प्रस्तुत गरिएको प्राविधिक रिपोर्ट आर्थिक सचेतनाको लागी मात्र भएकाले आफ्नो लगानीलाई जोखिमभार व्यहोर्न सक्नेगरी व्यवस्थापन गर्नुहोला l धन्यवाद !
Comments