नेप्सेमा करिब ३३ अङ्कको गिरावट, १८२ कम्पनी लागे ओरालो !
आज आइतबार ३३.३६ अङ्कले घटेर १.६५% गिरावटको साथ नेप्से परिसूचक १९८९.२६ अंकमा बन्द भएको छ। कारोबार भएका २२४ कम्पनीमध्ये ५ कम्पनी उकालो लागेको छन्, १८२ कम्पनी ओरालो लागेका छन् भने १ कम्पनी स्थिर रहेको छ।
कारोबार भएको १ उप-समुहबाहेक बाँकी १२ उप-समुहहरुको सेयर मूल्य ओरालो लागेका छन्।
प्रमुख कारोबार
आज नेप्से बजारमा टप गेनर राधी विद्युत कम्पनीको ५.९०% मूल्य बढेर कारोबार भएको छ । सबभन्दा धेरै गुमाउनेमा रुरु जलविद्युत परियोजना रहेको छ जसको सेयर मूल्य १० % ले घटेको छ । सबैभन्दा धेरै टर्नओभर अरुण काबेली पावरको र धेरै भोलुममा कारोबार अपि पावर कम्पनीको भएको छ ।
Comments