नेप्से इन्ट्राडे अपडेट: लगभग २० अङ्कको गिरावट!
आज नेप्से बजार भारी अङ्कले घटेको छ।
सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म २००० को नजिक आएको छ। १९.६१ अङ्कले घटेर नेप्से परिसूचक २००३.०१ मा आएको हो । आज २ घण्टामा लगभग ६८ करोडको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा बढी हो।
यस्तै, आज राधी विद्युत कम्पनीको ७.६४% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा रुरु जलविद्युत कम्पनी रहेको छ जसले ८.५२ % गुमाएको छ । #nepseintraday
Comments