पिपुल्स पावरको आइपीओ आज बाँडफाँड हुँदै
पिपुल्स पावर कम्पनीको आइपीओ आज आइतबार बाँडफाँड हुँदैछ । कम्पनीको आईपीओ बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालय कमलादी काठमाडौंमा दिउँसो २ बजे आइपीओ बाँडफाँट हुँनेछ ।
कम्पनीको आईपीओममा कुल १६ लाख ६ हजार ११० जनाले १ करोड ८२ लाख १९ हजार ७० कित्ताका लागि आवेदन दिएका छन् । आईपीओमा मागभन्दा ७.९३ गुणा बढी आवेदन परेकोले गोलाप्रथाबाट बाँडफाँट गरिनेछ । गोलाप्रथाबाट वितरण गर्दा २ लाख २९ हजार ४६८ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १३ लाख ७६ हजार ६४१ जनाको भने हात खाली हुनेछ ।
कम्पनीले साउन ३१ गतेबाट भदौ ५ गतेसम्म सर्वसाधारणका लागि २४ करोड ६७ लाख ४० हजार रुपैयाँ बराबरको २४ लाख ६७ हजार ४०० कित्ता आईपीओ जारी गरेको थियो । जसमध्ये ५ प्रतिशत अर्थात् १ लाख २३ हजार ३७० कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् ४९ हजार ३४८ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी २२ लाख ९४ हजार ६८२ कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका हुन् ।
Comments