नेपाल पुनर्बीमा कम्पनीको साधारणा सभा भदौ ३० गते, कहिले हुँदैछ बुक क्लोज?

नेपाल पुनर्बीमा कम्पनीले लाभांश पारित गर्न साधारण सभा डाकेको छ ।  कम्पनी भदौ ९ गते बिहान बसेको सञ्चालक समितिको बैठकले लाभांश पारित गर्न साधारण सभा गर्ने निर्णय गरेको हो । कम्पनीले लाभांश पारित गर्न भदौ ३० गते बिहीबार कार्की ब्याङ्केट, बबरमहलमा बिहान ११ बजे साधारण सभा समेत बोलाएको छ ।

सभाले चुक्ता पूँजी ११ अर्ब ६५ करोड रुपैयाँको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२६३२ प्रतिशत नगद लाभांश पारित गर्नेछ । 

साधारण सभा तथा लाभांश प्रयोजनको लागि कम्पनीले भदौ १९ गते बुकक्लोज गर्ने जनाएको छ। अर्थात, भदौ १८ गतेसम्म कायम सेयरधनीले मात्रै कम्पनीले वितरण गर्ने लाभांश पाउनेछन् ।

Comments

Back to top