खप्तड लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आवेदन दिने आज आइतबार (भदौ १२ गते ) अन्तिम दिन रहेको छ । आज बैंकिङ समय सम्म यसमा आवेदन दिन सकिनेछ । कम्पनीले १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता आईपीओ निष्काशन गरेको हो ।
पूँजीको ०.५ प्रतिशत अर्थात २ हजार कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ६ हजार ६०० कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई छुट्याइएको छ। सर्वसाधारणले बाँकी १ लाख २३ हजार ४०० कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्।
आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन्।
Comments