राधी विद्युतको सेयर मूल्य समायोजन, कतिमा खुल्दैछ कारोबार ?

राधी विद्युत कम्पनी लिमिटेडको सेयर मूल्य हकप्रद जारी प्रयोजनको लागि समायोजन भएको छ । १४७.५२ प्रतिशत हकप्रद सेयरको लागि मूल्य समायोजन गरेको हो ।

समायोजन पछि राधी विद्युत कम्पनीको सेयर मुल्य २८१.४० रुपैयाँ कायम भएको छ । आइतबार यसैलाइ आधार मानेर पहिलो कारोबार खुल्नेछ । शुक्रबारको अन्तिम कारोबार मुल्य ५४९ रुपैयाँबाट समायोजन गरेको हो ।

शुक्रबार (भदौ १०) गते सम्म कायम सेयरधनीहरुले मात्र उक्त हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

Comments

Back to top