नेप्सेको साप्ताहिक प्राविधिक विश्लेषण, क्यान्डल बन्यो ‘बियरिश माराबोजु’ !
गत साता १.४१% ले बढेको नेप्से यो साता भने २.२१% ले घटेको छ। यस साताको पहिलो कारोबार दिन आइतबार २०७०.०६ को बिन्दुमा खुलेको नेप्से २०८८.३८ को उच्च बिन्दुसम्म पुगेको थियो। नेप्सेले यस साता करिब ४६ अङ्क गुमायो। हप्ताको अन्तिम कारोबार दिन बिहिबार लगभग १७ अंक घटेर नेप्से २०२२.६२ मा बन्द भएको छ।
साताभरिमा सबै १३ उप-समुहहरुको सेयर मूल्य ओरालो लागेका छन् ।
यस साताको टप गेनर्स (Top Gainers)
यस साताको टप लुजर्स (Top Losers)
यस साता सबै भन्दा धेरै कित्ता कारोबार भएका टप दश कम्पनीहरु (Top Traded Stocks By Volume )
टप ब्रोकर
प्राविधिक विश्लेषण
NEPSE WEEKLY UPDATE: Aug 27, 2022
अघिल्लो साता 'बुलिश पिन-बार क्यान्डल’ क्यान्डल बनाउँदै उकालो लागेको नेप्सेले यो साता भने 'बियरिश माराबोजु क्यान्डल’ बनाएको देखिन्छ जसले बजारमा बिक्रीकर्ताको चाप बढेको सङ्केत गर्छ। यस साताको क्लोजिंग मिडल ब्याण्ड भन्दा मुनि भएको छ तर ब्याण्ड भने खुम्चिन थालेको देखिन्छ जसले बजारमा उतारचढाव कम हुन थालेको जनाउँछ। एमएसिडि लाईन बढेर जिरो लाइन भन्दा तल – १२८.५७ मा आएको छ र हिस्टोग्राम बढेर पोजिटिभ १६.४८ मा पुगेको छ जसले बजारमा हल्का खरिद पनि चलिरहेको देखाउँछ । सिग्नल लाईन पनि बढेर जिरो लाईन भन्दा तल -१४५.०६ मा आएको छ। -१४ डिएमआई लाईन +१४ डिएमआई लाईन भन्दा माथि रहेको देखिन्छ र –१४ डिएमआई लाईन तल फर्किन लागेको देखिन्छ जसले बजारमा बिक्री हल्का घटेको बुझाउँछ। आरएसआइ ४०.९९ बाट घटेर ३९.०६ मा आएको छ जसबाट आरएसआइको मोमेन्टम घटेको देखिन्छ ।
नेप्सेको आगामी दिनको नजिकको सपोर्ट १९०० को एरिया हुन्छ भने नेप्सेको अवरोध २२२० को एरिया देखिन्छ।#nepseweekly
Comments