इलेट वेभले देखाएको दिशातर्फ नै बजार गएको हुँदा अबको नयाँ सपोर्ट कहाँ ?

ग्राफ,प्याटर्न र संकेतहरुको प्रयोग मार्फत सेयर बजारको मनोविज्ञान बुझ्ने कार्य प्राविधिक विश्लेषण हो प्राविधिक विश्लेषणले बजारको आगामी दिशा अनुमान लगाउन सकिन्छ l

आजको प्राविधिक विश्लेषण यस प्रकार छ:

क्यान्डलस्टिक प्याटर्न :

 

 

 

 

नेप्सेले आज वियरिस स्पिंनिंग टप  क्यान्डल  बनाउदै २०२२ .६२  बिन्दुमा बन्द भएको छ , जसको अर्थ बजार पुर्णरुपमा बिक्रीकर्ताको नियन्त्रणमा रहेको बुझ्न सकिन्छ l 

सपोर्ट र रेसिस्टेन्स :

बजार बढेमा नजिकैको रेसिस्टेन्स २०९० आसपासमा छ भने घटेमा पहिलो सपोर्ट २००० बिन्दुमा छ  l तर आजको बजार विश्लेषण गर्दा बिक्री चाप अत्यन्त धेरै नै देखिएको हुँदा बजारले २००० आसपासमा पहिलो सपोर्ट लिन सक्ने तर बजार त्यो रेंजबाट पनि फर्कन नसकेमा १९१५ को आसपासमा सपोर्ट लिन  सक्ने कुरा सपोर्ट र रेसिस्टेन्सबाट देखिन्छ l 

बोलिंजर ब्याण्ड :

 

बोलिंजर ब्याण्डबाट बजारलाई हेर्ने प्रयास गर्छौं भने  लोवर ब्याण्ड २००० आसपासमा पहिलो सपोर्ट लिन सक्ने  तर त्यो बिन्दुमा पनि बजार फर्कन नसकेमा अर्को सपोर्ट १९१५ आसपासमा लिन सक्ने अनुमान लगाउन सकिन्छ l अर्कोतर्फ, बजार बढेमा फेरी मिडल ब्याण्डमै पहिलो  रेसिस्टेन्स लिनेछ , जुन कुरा इलेटबाट हेर्दा कमै सम्भावना देखिन्छ l 

आर.एस.आई

 

  

 

आर.एस.आई  ४१   . ७०  बिन्दुमा केही घटेको  देख्न सकिन्छ l  यसको अर्थ बजारमा बिक्री चाप बढेकाले खरिद बलमा ह्रास आएको बुझ्न सकिन्छ l यो इन्डिकेटरबाट बजारलाई हेर्दाखेरी पहिलो सपोर्ट २३ को आसपासमा लिन सक्ने अनुमान लगाउन सकिन्छ l 

 

 

यो इन्डिकेटरबाट बजारलाई हेर्दा एम.ए.सी.डी लाइनले  सिग्नल लाईनलाई माथिबाट काटेर वियरिस क्रस ओभर बनाएको देख्न सकिन्छ l लगातार हिस्टोग्राम घटेकोमा आज फेरी हिस्टोग्राम बढेको छ जुन आफैमा नेगेटिभ संकेत हो l बजारमा प्यानिक सेल आएकोले भोलीको दिनमा पनि बिक्री चाप नै आउन सक्ने कुरा एम.ए .सी.डी इन्डिकेटरबाट आँकलन गर्न सकिन्छ l 

डी.एम .आई

 

 

डी. एम. आई इन्डिकेटरबाट बजारलाई हेर्दाखेरी वियरिस क्रस ओभर देखिको छ  जुन आफैंमा नकारात्मक कुरा हो l त्यसैगरी ए.डी. एक्स लाईन पनि निरन्तर घटेको हुँदा केही समय लगाएर निकट भविष्यमा बुलिस मोमेन्टम आउन सक्ने आँकलन गर्न भने सकिने छ  l 

 

निस्कर्ष :


 

नेप्सेको  पहिलो सपोर्ट २००० बिन्दु आसपास देखिएको छ l तर सबै इन्डिकेटरबाट बजारलाई हेर्दाखेरी यो बिन्दुलाई सपोर्ट लिन सक्ने आधार कमै देखिन्छ l त्यसकारण खस्दो  बजारमा नजिकैको सपोर्ट २००० आसपास र दोस्रो सपोर्ट १८५०- १९०० आसपासमा रहेको कुरा इलेट वेभबाट पनि प्रष्ट अनुमान लगाउन  सकिन्छ l

पुनश्च : सेयर बजार जोखिमको क्षेत्र हो l माथि प्रस्तुत गरिएको प्राविधिक रिपोर्ट आर्थिक सचेतनाको लागी मात्र भएकाले आफ्नो लगानीलाई जोखिमभार व्यहोर्न  सक्नेगरी व्यवस्थापन गर्नुहोला l धन्यवाद !

Comments

Back to top