नेप्सेमा करिब १७ अङ्कको गिरावट, १७२ कम्पनी लागे ओरालो !

आज शुक्रबार १६.९३ अङ्कले घटेर ०.८३% गिरावटको साथ नेप्से परिसूचक २०२२.६२ अंकमा बन्द भएको छ। कारोबार भएका २१३ कम्पनीमध्ये १० कम्पनी उकालो लागेको छन्, १७२ कम्पनी ओरालो लागेका छन् भने ४ कम्पनी स्थिर रहेका छन्।

 

कारोबार भएको १ उप-समुहबाहेक बाँकि १२ उप-समुहहरुको सेयर मूल्य ओरालो लागेका छन्।

 

प्रमुख कारोबार

 

आज नेप्से बजारमा एलआईसी नेपाल लिमिटेडले सबैभन्दा धेरै कमाएको छ जसको ५.९५% मूल्य बढेर कारोबार भएको छ । सबभन्दा धेरै गुमाउनेमा पन्चकन्या माई हाइड्रोपावर कम्पनी रहेको छ जसको सेयर मूल्य ५.८८ % ले घटेको छ । सबैभन्दा धेरै टर्नओभर र भोलुममा कारोबार हिमाल दोलखा हाइड्रोपावर कम्पनीको भएको छ ।

Comments

Back to top