एनआईबिएल प्रगति फण्डको लाभांश घोषणा

एनआईविएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईबिएल प्रगति फण्डले इकाईधनीहरुलाई आर्थिक वर्ष २०७८-७९ को मुनाफाबाट ४.२० प्रतिशत नगद लाभांश घोषणा गरेको छ । फण्डले लाभांश स्वरुप ३ करोड १५ लाख रुपैयाँ नगद वितरण गर्नेछ ।

क्यापिटलको भदौ ९ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो । लाभांश प्रयोजनका लागि बुक क्लोज मिति भने सार्वजनिक गरिएको छैन ।

Comments

Back to top