र्मिमिरे र बुद्धज्योती लघुवित्तले भदौ १५ गतेबाट एकिकृत कारोबार गर्दै
र्मिमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड र बुद्धज्योजी लघुवित्त वित्तीय संस्था लिमिटेडले भदौ १५ गते एकीकृत कारोबार सुरु गर्ने भएका छन्। दुवै संस्थाको गत असार ३१ गते सम्पन्न भएको विशेष साधारण सभाले प्राप्ति सम्बन्धी विशेष प्रस्ताव पारित गरेका थिए । नेपाल राष्ट्र बैंकले दुवै संस्थालाई भदौ ६ गते अन्तिम स्वीकृति प्रदान गरेको थियो ।कम्पनी रजिष्ट्रार कार्यालयले पनि भदौ ९ गते स्वीकृती प्रदान गरेको हो ।
प्राप्ति पश्चात अब र्मिमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड को नामबाट एकीकृत कारोबार हुनेछ । रजिष्ट्रार कार्यालय बाग्मती प्रदेशको काभ्रेपलाञ्चोक जिल्ला स्थित बनेपा नगरपालिका वडा नं ८ मा रहनेछ ।
Comments