नेशनल हाइड्रोपावर कम्पनीको विशेष साधारण सभा आज, हकप्रद प्रस्ताव पारित हुँदै
नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले विशेष साधारण सभा आज भदौ १० गते बस्दैछ । सभा डेलिस ओपेरा रेष्ट्रो बालुवाटार काठमाडौँमा बिहान ११ बजेदेखि सुरू हुँनेछ ।
सभाले बोनस सेयर र सुनकोशी हाइड्रोपावरलाई प्राप्ती पश्चात कायम हुने चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित गर्नेछ । हकप्रद र सुनकोशी हाइड्रोपावरलाई प्राप्ती पश्चात कम्पनीको पूँजी बृद्धि हुने हुनाले कम्पनीको प्रबन्धपत्र संसोधको प्रस्ताव समेत सभाले पारित गर्ने छ ।
कम्पनीले विशेष साधारण सभा प्रयोजनका लागि भदौ २ गते बुकक्लोज गरेको थियो यसअर्थ, भादौ १ गतेसम्म कायम भएका सेयरधनीहरूले मात्रै साधारण सभामा भाग लिन सक्नेछन् ।
Comments