शिवम् सिमेन्टको विशेष साधारण सभा आज
शिवम् सिमेन्टको विशेष साधारण सभा आज
शिवम् सिमेन्टको विशेष साधारण सभा आज शुक्रबार (भदौ १० गते) बस्दैछ । सभा कम्पनीको कर्पोरेट कार्यलय बबरमहल काठमाडौँमा भर्चुअल माध्यमबाट बिहान ११ बजेदेखि सुरू हुनेछ ।
सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संसोधन सम्बन्धी विशेष प्रस्ताव पारित गर्नेछ । साथै, हाल कम्पनीको नियमावलीमा कुल सेयर संख्याको ६७ प्रतिशत रहेको गणपूरक संख्या घटाएर कुल सेयर संख्याको ५१ प्रतिशत बनाउने प्रस्ताव सभामा पेश गरिने छ । गणपूरक संख्या परिवर्तन गर्ने मुख्य प्रस्तावसहित विशेष साधारण सभा बोलाएको हो
सभा प्रयोजनका लागि भदौ २ गते बुक क्लोज गरिएको छ । भदौ १ गतेसम्म कायम र्हेका सेयरधनीहरु मात्र सभामा भाग लिन सक्नेछन् ।
Comments