नेप्सेमा ९७ लाख ९५ हजार कित्ता सेयर सूचीकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्स) मा हाइड्रो इलेक्ट्रिसीटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडीसीएल) को ९७ लाख ९५ हजार ५०५ कित्ता सेयर सूचीकृत भएको छ । लिलामी मार्फत बिक्री भएको संस्थापकको हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो ।

अब कम्पनीको संस्थापक सेयर र सर्वसाधारण सेयर अलग अलग कारोबार हुनेछ । नेप्सेले कम्पनीको संस्थापक सेयरको लागि ११३ रुपैयाँ ओपनिङ्ग रेन्ज तोकेको । संस्थापक सेयरको कारोबार संकेत ‘एचआइडिसीएलपी’ राखिएको नेप्सेले जनाएको छ । यहि संकेतमा संस्थापक सेयर खरिदबिक्री हुनेछ ।

Comments

Back to top