नेप्सेमा करिब १८ अङ्कको गिरावट, सम्पूर्ण सब-इन्डेक्स राताम्मे !

आज बिहिबार १८.३० अङ्कले घटेर ०.८९% गिरावटको साथ नेप्से परिसूचक २०३९.५४ अंकमा बन्द भएको छ। कारोबार भएका २१९ कम्पनीमध्ये १५ कम्पनी उकालो लागेको छन्, १६८ कम्पनी ओरालो लागेका छन् भने ४ कम्पनी स्थिर रहेका छन्।

कारोबार भएका सबै उप-समुहहरुको सेयर मूल्य ओरालो लागेका छन्।

प्रमुख कारोबार

 

आज नेप्से बजारमा अपर हेवाखोला हाइड्रो पावर कम्पनीको पोजिटिभ सर्किट लागेर कारोबार भएको छ । सबभन्दा धेरै गुमाउनेमा मैलुंग खोला जलविद्युत कम्पनी रहेको छ जसको सेयर मूल्य ५.८२ % ले घटेको छ । सबैभन्दा धेरै टर्नओभर र भोलुममा कारोबार हिमाल दोलखा हाइड्रोपावर कम्पनीको भएको छ ।

Comments

Back to top