नेप्से इन्ट्राडे अपडेट: लगभग २ अङ्कको वृद्धि!

आज नेप्से बजार केही अङ्कले बढेको छ।

सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म २०६० को नजिक आएको छ। १.८८ अङ्कले बढेर नेप्से परिसूचक २०५९.७२ मा आएको हो । आज २ घण्टामा लगभग ५३ करोडको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा कम हो।

यस्तै, आज अपर हेवाखोला कम्पनीको १०% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा कुमारी धनवृद्ध योजना रहेको छ जसले ४.९२ % गुमाएको छ । #nepseintraday

Comments

Back to top