युरोपमा ५०० वर्ष यताकै सबैभन्दा खराब खडेरी, खाद्यान्न उत्पादन घट्ने !

युरोपको दुई तिहाइ भाग कुनै न कुनै प्रकारको खडेरीको चेतावनीमा रहेको र यो ५०० वर्षमा सबैभन्दा खराब घटना भएको जनाइएको छ । ग्लोबल ड्राउट अब्जर्भेटरीको पछिल्लो रिपोर्टले महादेशको ४७% भाग ‘चेतावनी’ अवस्थामा रहेको बताउँछ, जसको अर्थ माटो सुकेको छ । यस्तै अर्को १७ प्रतिशत अलर्टमा छ, जसको अर्थ वनस्पतिले तनावको लक्षण देखाउँछ ।
 

रिपोर्टले चेतावनी दिएको छ कि खडेरीले बाली उत्पादनमा असर गर्नेछ, जंगलमा आगो फैलाउनेछ र युरोपका केही दक्षिणी क्षेत्रहरूमा अझै धेरै महिना रहन सक्छ ।
 

खडेरीकै कारण अघिल्लो पाँच वर्षको तुलनामा औषतमा न्यून अनाज उत्पादन हुने पूर्वानुमान गरिएको छ । यसले यूरोपको आर्थिक अवस्थालाई कमजोर बनाउने विज्ञहरुले बताएका छन् ।
 

अब्जर्भेटरी खडेरी पर्यवेक्षक युरोपेली आयोगको अनुसन्धान शाखाको हिस्सा हो । आयोगले चेतावनी दिँदै भनेको छ, ‘वर्तमान खडेरी अझै पनि कम्तिमा ५०० वर्ष पछि सबैभन्दा खराब देखिन्छ।' 

Comments

Back to top