सपोर्ट लघुवित्तको १३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले आज बिहीबार भदौ ९ गतेबाट संस्थापक समूहको सेयर बिक्री गर्ने भएको छ । संस्थाले १३ हजार ७१५ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको छ । उक्त सेयरहरु खरिद गर्न इच्छुक जो कोही व्यक्ति तथा संघ संस्थाहरुले यहि भदौ २३ गते भित्र संस्थाको बिक्री प्रबन्धक आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड, टेकु , काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।
कम्पनीको न्यूनतम सेयर मूल्य ६५० रुपैयाँ तोकिएको छ ।

Comments

Back to top