एनएमबि सुभल इन्भेष्टमेन्ट फण्ड-२ इकाईमा आवेदन दिने आज अन्तिम दिन

एनएमबि सुभल इन्भेष्टमेन्ट फण्ड-२ को इकाईमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। फण्डको उक्त इकाईमा आज बैकिङ समयसम्म आवेदन दिन सकिनेछ । एनएमबि क्यापिटल लिमिटेडले साउन २६ गतेदेखि फण्डको निष्काशन तथा बिक्री खुला गरेको गरेको थियो।

क्यापिटलले प्रति इकाई १० रुपैयाँ दरको १२ करोड इकाई म्युचुअल फण्ड निष्काशन गरेको हो। निष्काशन गरिएको कुल इकाईमध्ये १४ प्रतिशत अर्थात् १ करोड ६८ लाख इकाई कोष प्रबद्र्धक कम्पनी एनएमबि बैंक लिमिटेड तथा १ प्रतिशत इकाई अर्थात १२ लाख योजना व्यवस्थापक एनएमबि क्यापिटलका लागि छुट्याइएको छ। लगानीकर्ताले बाँकी रहेको १० करोड २० लाख इकाईका लागि आवेदन दिन सक्नेछन्।

यस योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ।

Comments

Back to top