नेप्सेमा करिब तीन अङ्कको वृद्धि, सात सब-इन्डेक्स लागे उकालो !

आज बुधबार २.८७ अङ्कले बढेर ०.१४% वृद्धिको साथ नेप्से परिसूचक २०५७.८५ अंकमा बन्द भएको छ। कारोबार भएका २२३ कम्पनीमध्ये १०१ कम्पनी उकालो लागेको छन्, ७३ कम्पनी ओरालो लागेका छन् भने १३ कम्पनी स्थिर रहेका छन्।

 

कारोबार भएका ६ उप-समुहबाहेक बाँकी ७ उप-समुहहरुको सेयर मूल्य उकालो लागेका छन्।

 

प्रमुख कारोबार

आज नेप्से बजारमा अपर हेवाखोला र मन्दाकिनी हाइड्रो पावर कम्पनीको पोजिटिभ सर्किट लागेर कारोबार भएको छ । सबभन्दा धेरै गुमाउनेमा सिद्धार्थ इकुइटी फन्ड रहेको छ जसको सेयर मूल्य ३.५८ % ले घटेको छ । सबैभन्दा धेरै टर्नओभर र भोलुममा कारोबार अरुण काबेली पावर लिमिटेडको भएको छ ।

Comments

Back to top