नेप्से इन्ट्राडे अपडेट: लगभग ३ अङ्कको वृद्धि!
आज नेप्से बजार केही अङ्कले बढेको छ।
सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म २०६० को नजिक आएको छ। २.८२ अङ्कले बढेर नेप्से परिसूचक २०५७.८० मा आएको हो । आज २ घण्टामा लगभग ७२ करोडको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा कम हो।
यस्तै, आज २ कम्पनीको १०% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा रुरु जलविद्युत रहेको छ जसले ६.४५ % गुमाएको छ । #nepseintraday
Comments