डोजी क्यान्डल सहित देखिएको ड्राई भोलुमले बजारको दिशा कता देखाउँछ ?

ग्राफ,प्याटर्न र संकेतहरुको प्रयोग मार्फत सेयर बजारको मनोविज्ञान बुझ्ने कार्य प्राविधिक विश्लेषण हो l प्राविधिक विश्लेषणले बजारको आगामी दिशा अनुमान लगाउन सकिन्छ l आजको प्राविधिक विश्लेषण यस प्रकार छ:

क्यान्डलस्टिक प्याटर्न :

 

 

नेप्सेले आज डोजी क्यान्डल  बनाएको छ, जसको सामान्य अर्थ आम लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेको बुझ्न सकिन्छ l अर्कोतर्फ, खस्दो बजारमा बनेको डोजी क्यान्डलले आएको बिक्री चापमा भने केही कमी आएको देख्न सकिन्छ l 

सपोर्ट र रेसिस्टेन्स :

 

 

पूर्ववत लाल्टिन डटकमको विश्लेषण अनुसार बजारले २०९० मा रेसिस्टेन्स लिन सक्ने अनुमानका साथ विगत १० दिनदेखि रोपोर्टिंग गरेकोमा बजारले त्यही बिन्दुमा रेसिस्टेन्स लिएर सुटिङ्ग स्टार क्याडल बनाउँदै खसेको थियो  l जसको अर्थ बजारले मिडल ब्याण्ड आसपास र रेसिस्टेन्स दुबैको साझा बिन्दुमा सुटिङ्ग स्टार बनाएको हुँदा ट्रेन्ड रिभर्सल हुन सक्ने अनुमान लगाउन सकिन्थियो l त्यही कुरालाई निरन्तर दिँदै आज पनि बजारले पर्ख र हेरको अवस्था नै देखाएको छ l अब नजिकैको सपोर्ट २००० आसपास र अर्को सपोर्ट १९१५ तिर रहेको कुरा सपोर्ट र रेसिस्टेन्सबाट देखिन्छ l 

बोलिंजर ब्याण्ड :

 

बोलिंजर ब्याण्डबाट बजारलाई हेर्ने प्रयास गर्छौं भने  लोवर ब्याण्ड २००० आसपासमा पहिलो सपोर्ट लिन सक्ने  तर त्यो बिन्दुमा पनि बजार फर्कन नसकेमा अर्को सपोर्ट १९१५ आसपासमा लिन सक्ने अनुमान लगाउन सकिन्छ l अर्कोतर्फ, बजार बढेमा फेरी मिडल ब्याण्डमै पहिलो  रेसिस्टेन्स लिनेछ , जुनकुरालाई  इलेटबाट हेर्दा कमै सम्भावना देखिन्छ l 

आर.एस.आई

  

 

आर.एस.आई  ४६ . ७६ बिन्दुमा साइडवेज गएको देख्न सकिन्छ l यसको अर्थ लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेको आँकलन गर्न सकिन्छ l यो  इन्डिकेटरबाट बजारलाई हेर्दाखेरी भोलिको दिन महत्त्वपूर्ण देखिन्छ भने बजार खसेमा ४० बिन्दु आसपासमा आएर पहिलो सपोर्ट लिन सक्ने अनुमान लगाउन सकिनेछ l 

एम.ए.सी.डी

 

 

यो इन्डिकेटरबाट बजारलाई हेर्दा एम.ए.सी.डी लाइनले  सिग्नल लाईनलाई माथिबाट काटेर वियरिस क्रस ओभर बनाएको देख्न सकिन्छ l वियरिस हिस्टोग्राम केही घटेर फिक्का रातो भएको छ  जसको सामान्य अर्थ केही  खरिद चाप  बढ्दै गरेको अनुमान लगाउन सकिन्छ l अर्कोतर्फ, एम.ए.सी.डी लाईन जीरो लाइनबाट केही तल खसेको  हुँदा सकारात्मक हुन भने सकिंदैन l  यद्यपि, सुरक्षित लगानी गर्न चाहीं  निलो लाईनले रातो लाईनलाई तलबाट काटेर बुलिस क्रस ओभर दिन आवश्यक छ l

डी.एम .आई

 

 

डी. एम आई इन्डिकेटरबाट बजारलाई हेर्दाखेरी बुलिस क्रस ओभर देखिको छ जुन आफैंमा सकारात्मक कुरा हो l त्यसैगरी, ए.डी. एक्स लाईन पनि केही साइडवेज भएको हुँदा केही समय लगाएर बुलिस मोमेन्टम आउन सक्ने आँकलन गर्न भने सकिनेछ  l 

 

निस्कर्ष :

 

बजारले पहिलो रेसिस्टेन्स र मिडल ब्याण्ड २०९० को आसपासमा सुटिङ्गस्टार क्यान्डल बनाएको हुँदा केही नेगेटिभ भने बनाएको थियो जुन कुरालाई आज बनेको डोजी क्यान्डलले पनि केही हदसम्म समर्थन गरेको छ  l खस्दो बजारमा नजिकैको सपोर्ट २००० आसपास र दोस्रो सपोर्ट १८५०- १९०० आसपासमा रहेको कुरा इलेट वेभबाट पनि प्रष्ट देख्न सकिन्छ l

पुनश्च : सेयर बजार जोखिमको क्षेत्र हो l माथी प्रस्तुत गरिएको प्राविधिक रिपोर्ट आर्थिक सचेतनाको लागी मात्र भएकाले आफ्नो लगानीलाई जोखिमभार व्यहोर्न  सक्नेगरी व्यवस्थापन गर्नुहोला l धन्यवाद !

Comments

Back to top