नेप्सेमा करिब दुई अङ्कको वृद्धि, तीन कम्पनीको पोजिटिभ सर्किटमा कारोबार !
आज मंगलबार १.८५ अङ्कले बढेर ०.०९% वृद्धिको साथ नेप्से परिसूचक २०५४.९८ अंकमा बन्द भएको छ। कारोबार भएका २२२ कम्पनीमध्ये ७१ कम्पनी उकालो लागेको छन्, १०४ कम्पनी ओरालो लागेका छन् भने ११ कम्पनी स्थिर रहेका छन्।
कारोबार भएका ६ उप-समुहबाहेक बाँकी ७ उप-समुहहरुको सेयर मूल्य ओरालो लागेका छन्।
प्रमुख कारोबार
आज नेप्से बजारमा अपर हेवाखोला, मन्दाकिनी हाइड्रो पावर कम्पनी र रुरु जलविद्युत परियोजनाको पोजिटिभ सर्किट लागेर कारोबार भएको छ । सबभन्दा धेरै गुमाउनेमा सिद्धार्थ इकुइटी फन्ड रहेको छ जसको सेयर मूल्य ६.८८ % ले घटेको छ । सबैभन्दा धेरै टर्नओभर र भोलुममा कारोबार हिमाल दोलखा हाइड्रो पावर कम्पनीको भएको छ ।
Comments