नेप्से इन्ट्राडे अपडेट: लगभग डेढ अङ्कको वृद्धि!
आज नेप्से बजार केही अङ्कले बढेको छ।
सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म २०५० को नजिक आएको छ। १.३७ अङ्कले बढेर नेप्से परिसूचक २०५४.५० मा आएको हो । आज २ घण्टामा लगभग ४८ करोडको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा कम हो।
यस्तै, आज ३ कम्पनीको १०% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा एभरेस्ट बैंक लिमिटेड सी पी रहेको छ जसले ५.८४ % गुमाएको छ । #nepseintraday
Comments